जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग « Khabarhub

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र लुटपाट गर्नेलाई अविलम्व कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ का सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङले आज यहाँ आयोजना गरेको कार्यक्रममा उक्त सुझाव दिइएको हो ।

छलफलमा सहभागीहरुले आन्दोलनका क्रममा अर्बौ रकम बराबरको क्षति भएको र निजी सम्पत्तिमाथि तोडफोड, आगजनी तथा लुटपाट गर्नेलाई कानुनी कारबाहीको दायरमा ल्याउन आयोगको ध्यानाकर्षण गराए ।

आयोगका सदस्य शर्माले आयोगको क्षेत्राअधिकारभित्र फौजदारी मुद्धा नपर्ने भएकाले गत भदौ २३ र २४ गतेका घटनामा सरकारी, स्थानीय निकाय, निजी क्षेत्रमा भएको तोडफोड, आगजनी तथा लुटपाटका सम्बन्धमा छानबिन गरिने बताए । उनले आयोग स्वतन्त्र निकाय भएकाले सबैको भावना समेट्ने गरी सत्यतथ्य जाँचबुझ गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको सम्बन्धमा आवश्यक छानबिन गर्न माग गरे । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रहरीले क्षतिको मुचुल्का उठाइसकेको जानकारी गराए । सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार गुरागाईंले पीडितले न्याय पाउनुपर्ने र पीडकलाई कारबाही हुनुपर्नेमा जोड दिए ।

उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष भोला दुलालले आन्दोलनको क्रममा आफ्नो होटल नेपालीरिकामा रु २८ करोडको क्षति भएको बताए । त्यस अवसरमा नेकपा एमालेका मोरङ उपाध्यक्ष सागर थापा, जनता समाजवादी पार्टीका मोहम्मद नसरुल, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण निरौला, नेकपा ९माओवादी केन्द्र० का किशोर पाण्डे, उद्योग परिसङ्घका पवन शारडा, मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेकां मोरङ उपाध्यक्ष भक्तिनाथ माझी, विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १० : ०८ बजे

बङ्गलादेश : जमातद्वारा चुनावी हार स्वीकार

एजेन्सी– बङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित भएको

राप्रपाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र, अबको गन्तव्य- पृथ्वीपथ

काठमाडौं– आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र

यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले

अफगानिस्तानमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएको पहिरोले

छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत– जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल