मनै लोभ्याउने अस्ट्रेलियन बेस क्याम्प (तस्बिरहरू) « Khabarhub

मनै लोभ्याउने अस्ट्रेलियन बेस क्याम्प (तस्बिरहरू)


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अस्ट्रेलियन बेस क्याम्प छोटो तर रमणीय हाइकिङको रूपमा परिचित छ । समुद्री सतहबाट २ हजार ५० मिटर उचाइमा रहेको बेस क्याम्प धम्पूसबाट करिब ४५ मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ । 

यस्तै पोखरा–बाग्लुङ सडकमा पर्ने कास्कीको काँडेबाट पैदल यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । काँडेबाट भने करिब २ घन्टाको पैदल यात्रापछि क्याम्प पुग्न सकिन्छ ।  

अन्नपूर्ण बेसक्याम्प र मर्दी हिमाल जाने बाटोमा पर्ने भएकाले सो रुटमा ट्रेकिङ गर्ने धेरै पर्यटक एक रात अस्ट्रेलियन बेस क्याम्पमा बिताउने गर्छन् ।

 क्याम्प पुग्दा आँखै अगाडि माछापुच्छ्रे र अन्नपूर्णसहितका हिमालले धेरैलाई मोहित बनाउँछ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ११ : ५० बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका