कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, देउवाको कुर्सी खाली राखियो « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, देउवाको कुर्सी खाली राखियो


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ ।

शुक्रबार बसिरहेको बैठकमा सभापति शेरबहादुर देउवाको कुर्सीलाई खाली राखिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का देउवाको कुर्सीनजिकै बसेका छन् ।

देउवाले असोज २८ को बैठकमा सम्बोधन गरेर कार्यकारी नेतृत्व त्याग्ने घोषणा गरेका थिए । उनले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन् ।

बैठकको प्रारम्भमा कार्यवाहक सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराए। यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले बोलेका थिए ।

पदाधिकारी र केन्द्रीय सदस्यहरूले बोल्ने क्रम अहिले पनि जारी छ । बैठक शुक्रबार मध्यान्ह साढे ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ ।

देउवाले पहिलो बैठकमा लिखित मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका थिए। उनले १५ औँ महाधिवेशनमा पनि नउठ्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ४९ बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६