नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै « Khabarhub

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ ।

क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिए । विद्यालयलक्षित प्रतियोगितामा आठ, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुने उनले बताए ।  

कुनै सङ्घ, संस्था वा क्लबले पनि संस्थागत रूपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । 

आठ वर्षमूनि उमेर समूहका खेलाडीले २५ मिटर, १० मुनिकालाई ५० मिटर, १२ र १४ मुनिका खेलाडीबीच ५० र १०० मिटर तथा खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दूरीका विभिन्न ५६ वटा ‘इभेन्ट’ हुनेछन् । 

क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले नेपाल पौडी सङ्घको केन्द्रीय वार्षिक क्यालेन्डरअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ५७ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो