स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क नलाग्ने  « Khabarhub

स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क नलाग्ने 


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरिएको छ । 

स्वास्थ्य बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि नवीकरण नगरेकालाई अतिरिक्त शूल्क लिने व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी तथा दर्ता अधिकारी सबैलाई निर्देशन भएको छ ।

बोर्डले पछिल्लो विकसित अवस्था तथा बोर्डलाई आवश्यक संरचना तयार गर्न थप समय लाग्ने भएकाले यो निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । 

यो निर्णयसँगै स्वास्थ्य बीमा गरेर लामो समयदेखि नवीकरण नगरेकाहरूले अब नवीकरण गर्दा थप शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ ।

यसअघि बोर्डले गएको भदौ ११ गते सूचनामार्फत् स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयन भएको र त्यसमा बीमित परिवारले असोज मसान्तसम्म नवीकरण नगरेमा त्यसपछि थप शुल्क तिर्नुपर्ने भन्दै रकम समेत तोकेको थियो ।

म्याद कटेर तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्ने, ६ महिनाभित्र नवीकरण गरेमा ३० प्रतिशत, ६ महिनापछि एक वर्षभित्र नवीकरण भए ५० प्रतिशत, एक वर्षपछि भएमा शतप्रतिशत, दुई वर्षपछि भएमा तीन गुणा बढी र तीन वर्षपछि भएमा योगदान रकमको चार गुणा बढी तिर्नुपर्ने भनिएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : २१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको