म्याग्दे गाउँपालिकाले बाँड्यो ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रममार्फत पोषणभत्ता « Khabarhub

म्याग्दे गाउँपालिकाले बाँड्यो ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रममार्फत पोषणभत्ता


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दमौली– यहाँको म्याग्दे गाउँपालिकाले ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रममार्फत २४ जना महिलालाई पोषण भत्ता वितरण गरेको छ । गाउँपालिकाले थर्पु आधारभूत अस्पतालमा चालु आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सुत्केरी गराएकालाई प्रतिसुत्केरी पाँच हजार रुपैयाँका दरले पोषण भत्ता उपलब्ध गराएको हो । 

संस्थागत सुत्केरी भएका १७ र सुत्केरी अवस्थामा जटिलता आएर अन्यत्र पठाइएका सात जनालाई पाँच हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए । 

संस्थागत सुत्केरी गराउनेलाई गाउँपालिकाले पाँच हजार रुपैयाँ र नेपाल सरकारबाट यातायात खर्चबापत आठ सय रुपैयाँ उपलब्ध गराइँदै आइएको छ । 

गाउँपालिकाले सुत्केरीलाई घरबाट स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउँदै आएको छ । शाखा प्रमुख घिमिरेले भने, ‘यहाँको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसके पोखरासम्म पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएका छौँ ।’

गाउँपालिकाले घरमा हुने जोखिमपूर्ण सुत्केरीको अवस्था अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले पाँच वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

कार्यक्रम सुरु भएपछि घरमा हुने असुरक्षित सुत्केरी सङ्ख्या घटेको र संस्थागत सुत्केरी गराउनेको सङ्ख्या बढेको घिमिरेले जानकारी दिए । उनले भने, ‘यसले गर्दा घरमा हुने असुरक्षित सुत्केरीको कारण आमा र बच्चाको स्वास्थ्यमा हुने जोखिम न्यूनीकरणका पनि टेवा पुर्‍याएको छ ।’

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मातृशिशु मृत्युदर कम गराउन सञ्चालित यो कार्यक्रम प्रभावकारी बन्दै गएको र यसलाई निरन्तरता दिइने बताए । 

उनले भने, ‘गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाको ज्यान जाने खतरा हुन्छ । त्यसलाई निरुत्साहित गर्दै स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने नीति लिएका छौँ ।’

गाउँपालिकाले दिने पोषण भत्ता लिनलाई गर्भवतीले कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ । म्याग्दे बाहिरका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेले भने यो सुविधा पाउँदैनन् । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ५ : २३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार