शनिबार बस्ने गरी स्थगित भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक « Khabarhub

शनिबार बस्ने गरी स्थगित भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कार्तिक १ गते शनिबार बस्ने गरी स्थगित भएको छ ।

शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित लगायतले धारणा राखेका थिए ।

विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले बैठक शनिबार बस्नेगरि स्थगित गरिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा नेताहरूले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन् । बैठकमा जेन-जी आन्दोलनपछिको परिस्थिति, संसद् विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठन लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेको प्रवक्ता महतले बताए । 

त्यस्तै निर्वाचनको मिति तय भएपनि सरकारले त्यसको तयारी गर्न नसकेको, राजदूत फिर्ताको काम लगायतका विषयमा पनि धारणा आएको उनको भनाइ छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति शनिबार बस्ने र त्यसपछि छठ पछि बस्ने गरी तय गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ४२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो