एमाले बैठकस्थलमा युवाको नारा – ‘वी लभ यू केपी बा’ « Khabarhub

एमाले बैठकस्थलमा युवाको नारा – ‘वी लभ यू केपी बा’


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा अध्यक्ष केपी शर्मा ओलीका पक्षमा नाराबाजी सुरु भएको छ ।

बैठकमा सदस्यहरुले महाधिवेशनअगाडि नै ओलीले पद छाड्नुपर्ने र राजीनामा दिनुपर्ने माग राखेका थिए ।

तर, ओलीले पद नछाडेपछि उनको पक्षमा युवा विद्यार्थी तथा अन्यले नाराबाजी गरेका छन् ।

नाराबाजी गर्दै उनीहरूले ‘वी लभ यू केपी बा’, ‘केपी ओली जिन्दावाद’, ‘नेकपा एमाले जिन्दावाद’ जस्ता नारा लगाइरहेका छन् ।

पछिल्लो समय बसेको सचिवालय बैठक र केन्द्रीय कमिटी बैठकबाट पनि ओलीको राजीनामा माग गरिएको थियो ।

तर, एघारौँ महाधिवेशनसम्मका लागि ओलीले संकट टारेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ४२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको