अफगानिस्तान र पाकिस्तानबीचको युद्धविराम अवधि समाप्त « Khabarhub

अफगानिस्तान र पाकिस्तानबीचको युद्धविराम अवधि समाप्त


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तान र पाकिस्तानबीचको ४८ घण्टे लामो युद्धविराम शुक्रबार साँझ समाप्त भएको छ।

अफगानिस्तानको राजधानी काबुलमा पनि झडप सुरु भएयता दुवै पक्षका दर्जनौँ सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ ।बुधबार घोषणा गरिएको युद्धविरामको अवधि स्थानीय समय अनुसार शुक्रबार साँझ छ बजे देखि सकिएको छ।

अधिकारीहरूले युद्धविराम सकिएपछि के हुन्छ भन्नेबारे केही बताएका छैनन् । युद्धविराम कायम रहेको देखिएको शुक्रबार बिहानै सीमा नजिकैका बासिन्दाहरूले बताएका थिए।

“सबै कुरा ठीक छ,” अफगानिस्तानको सीमावर्ती शहर स्पिन बोल्दाकका बासिन्दा ३५ वर्षीय नानीले भने ।

उनले भने, “म डराउँदिनँ, तर सबैले परिस्थितिलाई फरक तरिकाले हेर्छन्। केहीले द्वन्द्वको सम्भावना कायमै रहेको भन्दै आफ्ना बच्चाहरूलाई अन्यत्र पठाउने बताएका देखिन्छ ।”

नानीले भने, “मेरो विचारमा अहिले स्थिति राम्रो छैन, तर केही अप्रिय घटना भइहाल्ने सम्भावना पनि छैन।” आफ्नो तर्फबाट युद्धविराम सहमतिलाई उल्लङ्घन नगरिने अफगानिस्तानले युद्धविरामको ४८ घण्टाको सीमा रहेको पुष्टि नगरिकन बुधबार भनेको थियो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बिहीबार युद्धविरामका लागि बल तालिवान सरकारको कोर्टमा रहेको बताएका छन् ।

“यदि ४८ घण्टाभित्र उनीहरू समस्याहरू समाधान गर्न चाहन्छन् र हाम्रा जायज मागहरू सम्बोधन गर्न चाहन्छन् भने हामी त्यसका लागि तयार छौं ,” शरीफले आफ्नो मन्त्री परिषद् बैठकमा बताउनुभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयले स्थितिलाई ‘कमजोर’ भनेको छ । “हामी अस्थायी युद्धविराममा छौँ, हामी यसलाई दिगो बनाउन र सम्बन्धको दीर्घकालीन स्थिरताका लागि कूटनीतिक रूपमा काम गर्ने प्रयास गरिरहेका छाँैं, यो हाम्रो लागि ठूलो उद्देश्य हो,” प्रवक्ता सफकत अली खानले शुक्रबार साप्ताहिक रूपमा हुने पत्रकार सम्मेलनमा भने ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : ३४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार