साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित « Khabarhub

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार डा रामप्रसाद दाहाल र श्रीमती चन्दा दाहाल कोइरालालाई सयपत्री राष्ट्रिय सम्मान –२०८२ प्रदान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको सन्दर्भ पारेर उनीहरुलाई ताम्रपत्र, दोसल्ला र दुबोको माला तथा नगदसहितको सम्मान अर्पण गरिएको हो ।

विसं २०५५ सालदेखि निरन्तर दिँदै आएको उक्त सम्मान यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे, कवि बैरागी काइलालगायत विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएकामा यस वर्ष भने दाहाल दम्पतीलाई प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाले पनौती निवासी कवि तथा वरिष्ठ चिकित्सक डाक्टर अनन्तप्रसाद अधिकारी र श्रीमती नर्मदा खनाल अधिकारी दम्पतीलाई पनि उक्त सम्मान अर्पण गरेको छ ।श्रीमान्को काममा सहयोग गर्न र अगाडि बढ्न श्रीमतीको त्यतिकै योगदान हुने भएकाले उक्त प्रतिष्ठानले श्रीमतीसहितको जोडीलाई सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले विगत चार दशकदेखि निरन्तर रूपमा शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील डा दाहाल र २० वर्षदेखि स्थानीय तहमा स्वास्थ क्षेत्रमा डाक्टर अधिकारीले पु¥याएको सेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान अर्पण गरिएको बताए ।

वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञावलीले महाकवि देवकोटाको बहु–आयामिक व्यक्तित्व र शिक्षाविद् दाहाले सम्मानले आफूलाई अझै क्रियाशील भएर राष्ट्रसेवामा जुट्ने प्रेरणा प्राप्त भएको बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ९ : ३१ बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक