साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित « Khabarhub

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार डा रामप्रसाद दाहाल र श्रीमती चन्दा दाहाल कोइरालालाई सयपत्री राष्ट्रिय सम्मान –२०८२ प्रदान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको सन्दर्भ पारेर उनीहरुलाई ताम्रपत्र, दोसल्ला र दुबोको माला तथा नगदसहितको सम्मान अर्पण गरिएको हो ।

विसं २०५५ सालदेखि निरन्तर दिँदै आएको उक्त सम्मान यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे, कवि बैरागी काइलालगायत विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएकामा यस वर्ष भने दाहाल दम्पतीलाई प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाले पनौती निवासी कवि तथा वरिष्ठ चिकित्सक डाक्टर अनन्तप्रसाद अधिकारी र श्रीमती नर्मदा खनाल अधिकारी दम्पतीलाई पनि उक्त सम्मान अर्पण गरेको छ ।श्रीमान्को काममा सहयोग गर्न र अगाडि बढ्न श्रीमतीको त्यतिकै योगदान हुने भएकाले उक्त प्रतिष्ठानले श्रीमतीसहितको जोडीलाई सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले विगत चार दशकदेखि निरन्तर रूपमा शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील डा दाहाल र २० वर्षदेखि स्थानीय तहमा स्वास्थ क्षेत्रमा डाक्टर अधिकारीले पु¥याएको सेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान अर्पण गरिएको बताए ।

वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञावलीले महाकवि देवकोटाको बहु–आयामिक व्यक्तित्व र शिक्षाविद् दाहाले सम्मानले आफूलाई अझै क्रियाशील भएर राष्ट्रसेवामा जुट्ने प्रेरणा प्राप्त भएको बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ९ : ३१ बजे

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा