नेप्से परिसूचक १६ अङ्कले बढ्यो « Khabarhub

नेप्से परिसूचक १६ अङ्कले बढ्यो


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ ।

आज ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा खुम्चिएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव २१, म्युचुअल फण्ड शून्य दशमलव १३ र निर्जीवन बिमा समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । 

बैंकिङ शून्य दशमलव ८७, वित्त शून्य दशमलव ५१, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ७०, लगानी शून्य दशमलव ७५, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९०, लघुवित्त शून्य दशमलव ४७, व्यापार शून्य दशमलव ९० र अन्य समूह एक दशमलव १६ प्रतिशतले बढेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी हिमालयन ८०-२० को शेयर मूल्य छ दशमलव १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २८ करोड १० लाख ९४ हजार ३६५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको तीन लाख ४४ हजार ६९८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ३३ बजे

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई