विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन « Khabarhub

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्ने बताएका छन् । 

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरूमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् । त्यसका लागि कानून संशोधन गर्न हाल असम्भव रहेपनि विश्वविद्यालय सुधारको कार्यक्रमलाई अघि बढाउने तयारी भएको उनले जानकारी दिए ।

मन्त्री पुनले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नभइ बोर्ड अफ ट्रस्टी गठन गरेर सोही बोर्डले निष्पक्ष रूपमा कुलपति चयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै मन्त्री पुनले जेन-जी आन्दोलनका क्रममा सिटिइभिटीअन्तर्गत भएका परीक्षाको केही उत्तरपुस्तिका जलेकाले पुन: परीक्षा लिने निर्णय भएको जानकारी दिए ।

पुनः परिक्षा गर्न १ करोड ७५ लाख खर्च लाग्ने भएकाले त्यसको व्यवस्था भइसकेको उनले बताए । त्यस्तै २०६९ सालदेखि सिटिइभिटी अन्तर्गत सम्बन्धन दिने काम रोकिएको अवस्थामा अव दुई महिनाभित्र छानविन गरेर सम्बन्धनको टुङ्गो लगाइने उनले जानकारी दिए ।

मन्त्री पुनले विद्यालय शिक्षकहरूको सरुवाका विषयमा धेरै गुनासो आएकाले सरुवा सम्बन्धी कार्यविधिलाई संशोधन गर्ने तयारी भएको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : ५४ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी