विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन « Khabarhub

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्ने बताएका छन् । 

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरूमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् । त्यसका लागि कानून संशोधन गर्न हाल असम्भव रहेपनि विश्वविद्यालय सुधारको कार्यक्रमलाई अघि बढाउने तयारी भएको उनले जानकारी दिए ।

मन्त्री पुनले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नभइ बोर्ड अफ ट्रस्टी गठन गरेर सोही बोर्डले निष्पक्ष रूपमा कुलपति चयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै मन्त्री पुनले जेन-जी आन्दोलनका क्रममा सिटिइभिटीअन्तर्गत भएका परीक्षाको केही उत्तरपुस्तिका जलेकाले पुन: परीक्षा लिने निर्णय भएको जानकारी दिए ।

पुनः परिक्षा गर्न १ करोड ७५ लाख खर्च लाग्ने भएकाले त्यसको व्यवस्था भइसकेको उनले बताए । त्यस्तै २०६९ सालदेखि सिटिइभिटी अन्तर्गत सम्बन्धन दिने काम रोकिएको अवस्थामा अव दुई महिनाभित्र छानविन गरेर सम्बन्धनको टुङ्गो लगाइने उनले जानकारी दिए ।

मन्त्री पुनले विद्यालय शिक्षकहरूको सरुवाका विषयमा धेरै गुनासो आएकाले सरुवा सम्बन्धी कार्यविधिलाई संशोधन गर्ने तयारी भएको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै