तीन महिनामा ३५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता « Khabarhub

तीन महिनामा ३५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ वटा उद्योगमा रू ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता आएको हो ।

चालु आर्थिक वर्षमा सात वटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । विभागका अनुसार गत असोजमा मात्र ७५ वटा साना उद्योगमा रु दुई अर्ब चार करोड ५७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ । हालसम्म विभागमा सात हजार ५५० वटा उद्योगमा रू छ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको छ ।

गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि रु १५ करोड ३७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ । रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै रु एक अर्ब ४६ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो । 

उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा रु १८ करोड १० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ६ : ११ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी