नर्सको आन्दोलन तिहारमा पनि जारी, आज हातमा कालोपट्टि बाँधेर काम गर्ने  « Khabarhub

नर्सको आन्दोलन तिहारमा पनि जारी, आज हातमा कालोपट्टि बाँधेर काम गर्ने 


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्सहरूको न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत नर्सहरूले तिहारमा पनि आन्दोलन जारी राख्ने भएका छन् । नेपाल नर्सिङ संघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आज हातमा कालोपट्टि बाँधेर काम गर्ने जनाएको छ ।

आइतबारको औपचारिक वार्ता तत्कालै निष्कर्षमा नपुगे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव प्रा.डा.श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन साथै सातै प्रदेशमा अनुगमन समिति गठन गरेको विषयलाई स्वागत गर्दै नेपाल नर्सिङ संघ आफ्नो योजनाअनुसार विरोधका चरणबद्ध कार्यक्रम घोषणा गर्दछ । 

यस आन्दोलनबाट सर्वसाधारणको स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति हामी क्षमा याचना गर्दछौँ । आन्दोलनबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी सरकार तथा सरोकारवाला निकायले बेहोर्नुपर्नेछ’, स‌ंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

संघका अनुसार आज कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा नर्सहरूले कालोपट्टी बाँधेर काम गर्नेछन् । 

अनि १२ देखि १८ गतेसम्म दिनको २ घण्टा बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका नर्सिङ सेवा बन्द गरिनेछ । यसपछि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार थप कार्यतालिका प्रकाशन गरिने संघले जनाएको छ । 

नेपाल नर्सिङ संघले निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको न्यूनतम तलब सुविधा साथै अन्य पेसागत हकहितसम्बन्धी विभिन्न मागहरू राखेर २०८२ वैशाख २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र पेस गरेको थियो । यस विषयमा २०८२ असोज ३१ गते मन्त्रालयको पहलमा पहिलोपटक सरोकारवाला पक्षसँग छलफल भएको थियो ।

त्यसपछि यही कात्तिक २ गते आइतबार सम्पूर्ण सरोकारवालासहितको बृहत् बैठकमा संघले १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ११ : ३३ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा