प्रधानमन्त्रीले भनिन्- सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन « Khabarhub

प्रधानमन्त्रीले भनिन्- सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् ।

मंगलबार बालुवाटारमा जेन-जी आन्दोलनका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी काम गर्ने बताइन् । 

त्यस्तै जने-जी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनले बताइन् । त्यस्तै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिइन् । 

छलफलका क्रममा जेन-जी आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र दमनकारी विरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिँदै भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापित गरे पनि पुरानै संरचना कायमै रहेकाले काम गर्नका लागि असहज भइरहेको बताए ।

त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको कार्यप्रगति बारे घाइतेहरूलाई अवगत गराएका थिए । घाइतेहरूले जेन-जीले उठाएका मुद्दाहरूमा भन्दा निर्वाचनमा मात्रै सरकारको ध्यान गएको भन्दै आपत्ति जनाएका थिए । 

जेन-जी आन्दोलनका क्रममा घाइते रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ४७ बजे

हुन्डीमार्फत ५७ लाख ४७ हजार कारोबार गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं– नेपाल प्रहरीले हुन्डीमार्फत ५७ लाखभन्दा कारोबार गर्ने एक जनालाई

प्रधानमन्त्रीसँग दुर्गा प्रसाईँको माग- राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गरौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ

प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा

भद्रपुर– प्रादेशिक अस्पताल भद्रपुरमा आजदेखि नवजात सघन उपचार कक्ष (एनआइसीयू)सेवा

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

काठमाडौं–  निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने