कांग्रेस नेता महतले भने: शान्ति सुरक्षा कायम रहे निर्वाचनमा सहभागी हुन्छौं « Khabarhub

कांग्रेस नेता महतले भने: शान्ति सुरक्षा कायम रहे निर्वाचनमा सहभागी हुन्छौं


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले सरकारले भयरहित तरिकाले निर्वाचन गराए आफू संलग्न रहने प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको बताएका छन्।

प्रधानमन्त्री कार्कीले आज पहिलोपटक गरेको १० दलहरूसँगको संवादमा सबै दलहरूले सरकारले भयरहित र शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउनुपर्ने माग गरेका थिए।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महतले सबै दलहरूले भयरहित अवस्थामा सरकारले निर्वाचन गराउने वातावरण सिर्जना गराउनका लागि दबाब दिएको जानकारी दिए।

‘सरकारले शान्तिपूर्ण तरिकाले भयरहित अवस्थामा निर्वाचन गराउन सके हामी संलग्न हुन्छौं भनेका छौं’ महतले अगाडि भने, ‘अहिले नागरिक र राजनीतिक दलहरू पनि त्रासमा छन् यो त्रासको वातावरण सरकारले चिरेर अगाडि बढ्नुपर्छ।’

महतका अनुसार बैठकमा बोल्ने अधिकांश वक्ताले पनि शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराएमात्रै निर्वाचन समयमा सम्पन्न गर्न सकिने धारणा राखेको जानकारी दिए। महतका अनुसार प्रधानमन्त्रीले पनि आफूले शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन थप छलफल गर्दै जाने बताएको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : ०७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।