पूर्वराष्ट्रपति भण्डारीको घरमा आगो : पक्राउ परेका सोनम थेबे युवासंघको सदस्य नभएको जिकिर « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको घरमा आगो : पक्राउ परेका सोनम थेबे युवासंघको सदस्य नभएको जिकिर


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा भएको आगजनी घटनासँग आफ्नो संगठनलाई जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएको छ।

संघले बुधबार जारी गरेको विज्ञप्तिमा विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरूमा सोनम थेबेलाई संघको नेता भन्दै गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

संघका प्रवक्ता निरोज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय युवा संघ नेपालले लोकतन्त्र, राष्ट्रियता र जनताको जनजीविकाका सवालमा सधैं राजनीतिक, सामाजिक र कानुनी मूल्य–मान्यताको अधिनमा रहेर काम गर्दै आएको छ।’

संघले घटनामा संलग्न भनिएका सोनम थेबे हाल संघको कुनै पनि तह वा जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छ। संघका अनुसार उक्त नाममार्फत संगठनको छवि बदनाम गर्ने प्रयास भएको छ ।

संघले सञ्चारमाध्यम र आम जनतालाई गलत प्रचारमा नपर्न आग्रह गरेको छ। संगठनका कुनै पनि नेता वा कार्यकर्ताले सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्‍याउने वा गैरकानुनी कार्यमा संलग्न भएमा आन्तरिक अनुशासन र कानुनी प्रक्रिया अनुसार कारबाही गर्ने भनेको छ।

विज्ञप्तिमा लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता र जनताको हितलाई संगठनका मूल आधार स्तम्भका रूपमा व्याख्या गर्दै, ‘त्यसको विरोधमा हुने कुनै पनि गतिविधिलाई राष्ट्रिय युवा संघ नेपालले कहिल्यै समर्थन गर्दैन,’ भनिएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १२ : ०० बजे

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा