मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ । तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवदीले जानकारी दिए ।

उनले भने, “बिहान करिब ३ः४५ बजे तार्केश्वर–३ चिसापानीस्थित सडक खण्डअन्तर्गतको तीनपिप्लेबाट धर्मस्थलीतर्फ आउदै गरेको बा.प्र.०२–०५३ प ९६७९ नम्बरको बाइक अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका चालक पुतुवारको सिटी अस्पताल तार्केश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।”

सोही मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका–३ का २० वर्षीय समिर पुतुवारको हात, खुट्टा, टाउको र छातिमा चोट लागेकाले चिकित्सकको सल्लाहमा थप उपचारका लागि निजलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  १ : ३७ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको