बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता « Khabarhub

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागमती– लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ । 

प्रदेशका उपसभामुख अप्सरा चापागाईँका अनुसार छठ पर्व लगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताइन्  । 

राजनीतिक दलका नेताहरूसँग परामर्श भइरहेको र उनीसँगको परामर्श पश्चात् प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईँको भनाइ छ । 

सम्भवतः कात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताइन्  । प्रदेशसभाको सभाहल जेन-जी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालिएको छ ।

तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको हो । जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । 

‘अहिले सो भवनलाई मर्मत सम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ’, सचिव पौडेलले भने, ‘सो सभाहलमा रङ्ग लगाउने, फर्निचर व्यवस्थापनसँगै विद्युतीकरणको काम पनि तीव्र रूपमा भइरहेको छ ।’ सम्भवतः छिट्टै काम सकिने र त्यसपछि बैठकमा बस्ने तयारी भइरहेको उनको भनाइ छ । 

हाल सो सभाहलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङगरोगनको काम अघि बढाएको छ । 

बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको सचिव पौडेलले बताए। आगजनीबाट जोगिएका केही ल्यापटप, डेक्सटप कम्प्युटरबाट काम सुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : ०५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी