नेपाली बजारमा मारुती सुजुकीको एक्सएल-६ को मूल्य कति पर्छ ? यस्ता छन् विशेषता | Khabarhub Khabarhub

नेपाली बजारमा मारुती सुजुकीको एक्सएल-६ को मूल्य कति पर्छ ? यस्ता छन् विशेषता


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मारुती सुजुकी एमपीभी एक्सएल ६ का दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध छन् । यसलाई मारुती सुजुकीको आधिकारिक वितरक सिजी मोटो कर्पले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको थियो ।

फरक स्टाइल, आकर्षक फिचर तथा पावरफुल इन्जिन समेटिएको एक्सएल ६ नेपालमा अल्फा र जेटा गरी दुई भेरियन्टमा उपलब्ध छन् ।

एक्सएल–६ मा उपलब्ध के१५बी स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनले ६ हजार आरपीएममा १०४.७ पीएस पावरका साथै ४४ सय आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

यो एमपीभीको लम्बाई ४४४५ एमएम, चौडाई १७७५ एमएम, उचाई १७०० एमएम रहेको छ । यसमा २७ सय एमएमको ह्वीलवेश छ ।

एआरएआईका अनुसार यसमा दिइएको १४६२ सीसीको इन्जिनले प्रतिलिटर १९.०१ किलोमिटर माइलेज प्रदान गर्ने छ ।
अल्फामा लेदर सिट, अलोय ह्वील, आउट साइड रियर भ्यु मिरर, सेन्ट्रल लकिंग, इन्जिन इमोबिलाइजर, फ्रन्ट फगल्याम्प, ब्रेक असिस्ट, एबीएस, इबीडी लगायतका विशेषता दिइएको छ । कम्पनीले अल्फा मोडलको मूल्य ४७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

त्यसैगरी, जेटा भेरियन्टमा सिटबेल्ट, एबीएससँगै इबीडी, रियर पार्किङ सेन्सर, स्पीड वार्निङ सिस्टम, हाइट एडजस्टेबल फ्रन्ट सिटवेल्ट, आइएसओ फिक्स चाइल्ड सिट, सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ क्यामरा लगायतका विशेषता दिइएको छ । यसको नेपाली बजारमा ४६ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

कम्पनीले दुबै मोडलमा ७ इन्च इन्फोटेनमेन्ट सिस्टसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटोको बिशेषता दिइएको छ भने एलइडी हेडल्याम्प र एलइडी डीआरएलएस, क्रुज कन्ट्रोको फिचर समेटिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ८ : ५४ बजे

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र