‘परान’ टिमको नियोजित फन्डा ! ‘खेल’ कि हाइप बढाउने खेलो ? « Khabarhub

‘परान’ टिमको नियोजित फन्डा ! ‘खेल’ कि हाइप बढाउने खेलो ?


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘परान’का निर्देशक दीपक आचार्य ‘काकु’, नायिका केकी अधिकारी र अञ्जना बराइलीको नियोजित झगडाको स्ट्याट्सले खैलाबैला मच्चिएको छ ।

निर्देशक र नायिकाहरुबीचको मनमुटाव भएको आशयको स्ट्याट्ले खैलाबैला भएको हो ।

सुरुमा दीपक आचार्यले स्ट्याट्स लेखे, ‘अञ्जना र केकीसँग आजको मितिबाट कहिल्यै काम गर्ने छैन ।’

लगत्तै अञ्जनाले दीपकलाई जवाफ फर्काइन् । उनले दीपकलाई मेन्सन गर्दै लेखिन्, ‘दीपक आचार्यसँग कसैले काम नगर्दा हुन्छ ।’

त्यसको केही मिनेटमै केकीले पनि स्ट्याट्स राखिन्, ‘दीपक आर्चायसँग जिन्दगीमा काम नगर्नुस् है ।’

यी तीन सोमबार ५ बजेपछि १० मिनेटको अन्तरालमा स्ट्याट्स राखेका थिए ।

यी स्ट्याट्स निर्देशक र नायिकाबीच राम्रै खटपट भएको सन्देश दिने किसिमका थिए ।

केहीले प्रदर्शन मिति नजिकिँदा पनि ‘परान’का प्रचार सामाग्रीले हाइप बढाउन नसकेपछि टिमले फन्डा रचेको प्रतिक्रियासमेत दिएका थिए । केहीले उनीहरुको स्ट्याट्सलाई पत्याएर ‘के भयो ?’ भनेर जिज्ञासा राखेका थिए ।

आधा घण्टा नबित्दै दीपकले यी स्ट्याट्सबारे स्पष्टीकरण दिएका छन् । एक अन्तर्वार्ता कार्यक्रमको ‘ट्रुथ अर डेयर’ कार्यक्रमले यो अवस्था सिर्जना भएको बताएका छन् । कार्यक्रम प्रस्तोताले उक्त स्ट्याट्स राख्न ‘डेयर’ दिएका आफूहरुले उक्ट पोस्ट गरेका छन् ।

यो कार्यक्रम प्रस्तोताको योजना हो कि दीपक आफ्नै हो ? कतै दीपक आफैँले फिल्मको हाइप बढाउन योजना त रचेका होइनन् ? शंका गर्ने स्थान उत्तिकै छ ।

यही फिल्मबाट दीपकले फिचर फिल्म निर्देशन डेब्यू गर्दैछन् । यसको शीर्ष भूमिकामा नीर शाह छन् । केकी, अञ्जना, नायकहरु प्रवीण खतिवडा र महेश त्रिपाठी सहायक भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ५ : ४८ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय