नेप्से परिसूचकमा सामान्य अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट आएको छ । परिसूचक आज पाँच दशमलव १७ अंकले घटेर दुई हजार ५६६ दशमलव १६ को बिन्दुमा कायम भएको हो । 

आज ३२१ कम्पनीको एक करोड १५ लाख एक हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह दुई दशमलव १५, जलविद्युत् शून्य दशमलव शून्य एक, लघुवित्त शून्य दशमलव १३ र व्यापार समूह दुई प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३४, विकास बैंक शून्य दशमलव ९१, वित्त शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, जीवन बिमा शून्य दशमलव ६४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २८, म्युचुअल फण्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह एक दशमलव २० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रु २३ करोड ६५ लाख २९ हजार १४३ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु बैंक लिमिटेडको छ लाख १४ हजार ५९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : ०० बजे

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा– सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त