साथीलाई छुरा प्रहार गर्ने भुजेल पक्राउ « Khabarhub

साथीलाई छुरा प्रहार गर्ने भुजेल पक्राउ


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए ।

उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

आजै जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । सविनको पेट, ढाड, बायाँ काखीमुनि र निधारको यत्रतत्र भागमो छुरा प्रहार भएको थियो । सविनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  २ : ३८ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा