धारिलो हतियार देखाई लुटपाट गर्ने दुई जना पक्राउ « Khabarhub

धारिलो हतियार देखाई लुटपाट गर्ने दुई जना पक्राउ


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाइ लुटपाट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २३ वर्षीय मनोज चौधरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गएराति तारकेश्वर–५ गोलढुङ्गा फूलबारी गेट नजिक गोकणेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय श्रवण तामाङ सडक किनारामा बा प०२–०५० प १६०२ नम्बरको मोटरसाइकल रोकेर बसिरहेको बेलामा बा ४२ प ४०६९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाले धारिलो हरियार देखाइ निजसँग रहेको कालो रङको झोला लुटेर फरार रहको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरी वृत बालाजु बार्यालयबाट पीडितसँग समन्वयमार्फत मातहतमा चेकजाँच खडा गरी पीडितले दिएको हुलियाका आधारमा अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट जाँचमा खटिएका प्रहरी वरिष्ठ हवल्दार जीवन बुढाथोकी र प्रहरी सहायक हवल्दार कृष्णबहादुर बस्नेतले लुटिएको झोलासहित सामान र लुटपाटमा प्रयोग भएको मोटरसाइकल र निजहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट बा प्र ०२–०५० प १६०२ नम्बरको बिलबुक, मोबाइलको चार्जर, घरको चाबी, रोलेक्स लेखेको घडी एक थान, नगद रु तीन हजार, खुकुरी एक थान, रेड्मी कम्पनीको मोबाइल एक थान, बोबो लेखिएको कालो रङको झोला एक थान, ट्रमाडोल लेखिएको लागुऔषध ३० थान, बा ४२ प ४०६९ नम्बरको रातो कालो मोटरसाइकल बरामद गरेको जनाएको छ ।

उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरी वृत बालाजुमा राखी सोधपुछ थालिएको बताउँदै घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रमुख कार्कीले जानकारी दिए । 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १ : २१ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- अमेरिकाले विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास