३४ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब नाघ्यो कारोबार | Khabarhub Khabarhub

३४ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब नाघ्यो कारोबार


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको सेयर कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । बिहीबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ३४.२२ अंकले बढेको हो ।

बिहीबार २१६ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा नेप्से परिसूचक २६००.३८ विन्दुमा पुगेको छ भने नेप्सेको पुँजीकरणमा पनि १.३३ प्रतिशतले वृद्धि भएको छ । तर, आजको कारोबारमा २८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज नेप्सेमा कारोबार भएकामध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने एनआईबिएल स्टेबल फन्डको बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । नेप्से परिसूचकमा वृद्धि भएसँग आज म्युचुअल फन्ड बाहेक सबै सबै समूहको परिसूचक हरियाली बनेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ३ : १३ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ