एसिड आक्रमणमा परेकी मुस्कानलाई भेटेर हमालले भने – भोलि डाक्टर बन्नुपर्छ है ! « Khabarhub

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेटेर हमालले भने – भोलि डाक्टर बन्नुपर्छ है !


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई अभिनेता राजेश हमालले भेटेका छन् । राजधानीमा उपचार गराइरहेकी मुस्कानलाई भेट्न हमाल अस्पताल पुगेका थिए ।

अस्पतालमा मुस्कानसँग झण्डै आधा घण्टा कुरा गरेका हमालले उनको हौसला बढाउने प्रयास गरे । उनले मुस्कानलाई निको भइसकेको र अब छिट्टै घर जाने दिन आएको भन्दै हौसला प्रदान गरे ।

हमालले मुस्कानलाई भविष्यमा के बन्ने इच्छा छ भन्दै सोधेका थिए । उनको प्रश्नमा मुस्कानले डाक्टर बन्ने सपना देखेको बताइन् । उनको उत्तर सुनेर हमालले भने, ‘तिम्रो उमेरमा म कलाकार बन्छु भनेर लागेको थिएँ, तिमी डाक्टर हुनुपर्छ भनेकी छौ, जसरी भए पनि हुनुपर्छ है !’

हमालले मुस्कानको सामुन्ने बसेर उनको हौसला बढाउने प्रयास गरेका थिए । साथै उनले मुस्कानलाई कहिल्यै हिम्मत नहार्न पनि सम्झाए ।

कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी मुस्कानलाई यसअघि बलिउड सेलिब्रेटी र थुप्रै नेपाली सेलिब्रेटीले पनि हौसला बढाउन उनीसँग भेट गरेका छन् ।

प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै मुस्कानमाथि एसिड आक्रमण गर्ने युवकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : ५५ बजे

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक

राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन

चिया बेचेरै परिवारको गुजारा

कपिलवस्तु– दैलेखबाट कपिलवस्तु झरेका बलराम देवकोटा र उनकी श्रीमती बिहानैदेखि

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु

काठमाडौं– अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ

कार्यालय भवन ढलेपछि वडाध्यक्षको चिन्ता- आफ्नै खेत बगेको भन्दा यसैमा दुःख लागेको छ

गण्डकी– आफ्नै कार्यसमयमा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि