बाढी र पहिरोको जोखिम : रातको समयमा बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक | Khabarhub Khabarhub

बाढी र पहिरोको जोखिम : रातको समयमा बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बढीपहिराको उच्च जोखिम पूर्वानुमान गरेपछि बिपी राजमार्गमा रातको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै शुक्रबार बिहान ६ बजेसम्म दुई दिन अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

उक्त राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धुली सीमा नेपालथोकको सडकखण्डमा दुई दिन सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए।

यसैगरी समितिले दुई दिनको अवधिमा अत्यन्त जरुरी नभएसम्म बाहिर ननिस्कने, विशेषगरी टाढा नजाने र रातको समयमा यात्रा नगर्न अनुरोध गरेको छ भने पहिरोको जोखिम रहेको तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिन सवारी सञ्चालनमा रोक लगाइएकामा यही असोज १ गतेदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको थियो।

जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो।

यस्तै समितिले हाल मनसुन थप मात्रामा सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम कम गर्न राजमार्गको उल्लेखित क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ। काठमाडौँबाट जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीसाधनलाई सिन्धुलीको सिमाना नेपालथोकमा नै रोकिएका छन्।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछापको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६:३० देखि बिहान ५ बजेसम्म करिब १० घण्टा १५ दिन तथा थप असार मसान्तसम्म र साउन महिनाभर साँझ ५ देखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो।

गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड नै बगाएका कारण खोलामा कतै एकतर्फी र कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ। बाढीपहिरोले राजमार्गको कुल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको थियो।

क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको छ। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन गुड्छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : १० बजे

जेन-जी आन्दोलनको दमन निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्‍यो : मोहन विक्रम

काठमाडौं– नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले जेन-जी आन्दोलनमा भएको

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८

सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई

दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किंग्सबाट खेल्ने

काठमाडौं- दक्षिण अफ्रिकी चर्चित क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर

ल्यान्डफिल्ड साइटका स्थानीयले भने : बालेन्द्रसँग अब विश्वास छैन, कुलमान नै बन्चरेडाँडामा आउनुपर्छ

काठमाडौं- बन्चरेडाँडामा फोहोर फ्याँक्ने क्रम रोकिएपछि काठमाडौंमा खैलाबैला भएको छ।