६० लागे शाहरुख, जन्मदिनमा ‘किङ’को टिजर उपहार « Khabarhub

६० लागे शाहरुख, जन्मदिनमा ‘किङ’को टिजर उपहार


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानले आफ्ना प्रशंसकहरूलाई जन्मदिनकै अवसरमा विशेष उपहार दिएका छन् । आइतबार आफ्नो ६० औं जन्मदिनका अवसरमा अभिनेता खानले आफ्नो बहुप्रतीक्षित फिल्म ‘किङ’ को टिजर सार्वजनिक गर्दै फ्यानहरूको उत्साह दोब्बर बनाएका छन् ।

रेड चिलीज इन्टरटेनमेन्ट र सिद्धार्थ आनन्दले सामाजिक सञ्जालमार्फत फिल्मको भव्य शीर्षक र शाहरुखको पहिलो लुक सार्वजनिक गरेका छन् । टिजरमा शाहरुखलाई एकदमै फरक र रहस्यमय अवतारमा देखाइएको छ, जसले उनका फ्यानहरूलाई रोमाञ्चित बनाएको छ ।

रेड चिलीज इन्टरटेनमेन्ट र मर्फ्लिक्स पिक्चर्सको संयुक्त ब्यानरमा निर्माणाधीन यो फिल्म सन् २०२६ मा रिलिज हुने बताइएको छ । ‘किङ’ मा शाहरुखलाई अघिल्ला सबै भूमिकाभन्दा फरक रूपमा प्रस्तुत गरिनेछ, जसको पहिलो झलकले नै बलिउडमा ठूलो हल्ला पारेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : ५१ बजे

महेश बस्नेतमाथि आक्रमण प्रयासमा संलग्‍नलाई सरकारले कारबाही गरोस् : रामकुमारी झाँक्री

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आइतबार

महानगरभित्रका २ हजार ८३ सामुदायिक कुकुरको बन्ध्याकरण 

काठमाडौं– काठमाडौं महानगरपालिकाले कार्तिक १४ गतेदेखि अहिलेसम्म २ हजार ८३

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा कार्यक्रम सुरु (तस्बिरहरू)

काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष

लिग सञ्चालन गर्न एन्फाले थाल्यो छलफल (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने

भोजपुरका माओवादीको आरोप : पार्टी छाडेका सुदनले भ्रम छरे, आवश्यक परे प्रतिवाद गर्छौँ 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, भोजपुर जिल्ला समन्वय समितिले