किसान श्रेष्ठले भने : हामी त गुन्डुतिर जाने सम्भवना बढ्यो « Khabarhub

किसान श्रेष्ठले भने : हामी त गुन्डुतिर जाने सम्भवना बढ्यो


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयसँगै नेकपा एकीकृत समाजवादी पार्टी चोइटा चोइटा हुने अवस्थामा पुगेको छ।

चार वर्षअघि नेकपा एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादीलाई माओवादीमा समाहित गराउने नेपालको निर्णयमा विद्रोह गरेको झलनाथ खनाल र घनश्याम भुसाल समूह पनि फुट्ने अवस्थामा पुगेको छ।

उक्त समूहमा रहेका नेतृ रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठसहितका नेताहरू एमालेमै फर्निने गरी छलफलमा रहेको खुलेको छ ।

‘अहिले संवाद भइरहेको छ । हामी कुरा गरिरहेका छौँ’, श्रेष्ठले खबरहबसँग भने, ‘हामी गुन्डु (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास) तिरै फर्किने सम्भावा छ ।’

श्रेष्ठले अहिले नै टुंगो नभइसके पनि ५० प्रतिशत भन्दा बढी सम्भावना एमालेमै फर्किने रहेको बताएका छन्।

उनका अनुसार आधा दर्जनबढी नेताहरू अहिले एमालेमा फर्किने गरी छलफलमा रहेका छन् । तर उनले ती नेताहरू को को हुन् भन्ने खुलाएनन्।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : ३९ बजे

ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले पार्टीलाई थप एकताबद्ध

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण

कामठाडौं – पाचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु