देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा « Khabarhub

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ ।

विभिन्न पेसा व्यवसायमा आवद्ध ती युवाहरूले आफ्नो व्यस्त जीवनकाबीच पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

करिब ७० जना युवाको सक्रिय सहभागितामा गठित ‘बिहानी फुटबल क्लब’ले खेलकुदसँगै सामाजिक सेवामा पनि उत्कृष्ट योगदान दिइरहेको छ । उनीहरूले शहीद उद्यान, देउराली पार्कलगायतका स्थानमा दर्जनौँ राष्ट्रिय झण्डा राख्दै, ती झण्डाको नियमित हेरचाह र फेरबदल गर्ने काम निरन्तर गर्दै आएका छन् ।

क्लबका सचिव रिपेश भुजेलका अनुसार युवाहरू स्वतःस्फूर्त रुपमा रकम सङ्कलन गरेर सामाजिक काम गर्दै आएका छन् । त्योसँगै देउसी भैलो खेलेर सङ्कलित रकमबाट पनि सामाजिक काम गर्दै आएको भुजेलले जानकारी दिए । ‘हामी करिब ७० जना युवा मिलेर यहाँको सामाजिक काममा जुटेका छौँ’ सचिव भुजेलले भने, ‘यहाँका अधिकांश सामाजिक काममा हाम्रो संलग्नता छ । समाजमा केही उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ ।’

युवाहरूले हरेक वर्ष बजार क्षेत्रको सरसफाइदेखि डेङ्गी नियन्त्रणसम्मका अभियान सञ्चालन गर्दै आएका छन् । बजार क्षेत्रमा विषादी छर्ने, सरसफाइ सचेतना फैलाउने र सार्वजनिकस्थल सफा राख्ने काममा उनीहरूको अग्रणी भूमिका रहँदै आएको छ ।

सामाजिक उत्तरदायित्वलाई खेलकुदसँग जोड्दै अघि बढेको ‘बिहानी फुटबल क्लब’ अहिले भोजपुरको युवा शक्ति र एकताको प्रतीक बनेको छ । युवाको यो सामूहिक प्रयासले स्थानीय समाजमा सकारात्मक सोच, स्वच्छ वातावरण र एकताको भावना फैलाउँदै गएको स्थानीय जानकारको बुझाइ छ । (रासस)

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ४६ बजे

ठगी र सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दामा तानिइन् टिकटककी भाइरल ‘तुलसा कलेक्सन’

ललितपुर– टिकटकमा भाइरल भएर पटक पटक विवादमा आइरहने ‘तुलसा कलेक्सन’ले

झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक

काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस

रास्वपाकी नगर उपाध्यक्ष नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपाध्यक्ष पूजा बस्नेत

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक