डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो  « Khabarhub

डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो 


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा १ सय ७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डोल्पा र मनाङ बाहेक अन्य ७५ वटा जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका पछिल्लो २४ घण्टामा मात्रै २४ जनामा सङ्क्रमण देखिएको छ । 

यो सँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ७५ पुगेको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा एक हजार ७६३ जनामा डेङ्गु पुष्टि भएको छ भने गण्डकी प्रदेशमा एक हजार ७७५, लुम्बिनीमा एक हजार १६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेशमा १४७ जनामा डेङ्गु पुष्टि भएको छ ।

डेंगु आक्रमणकै कारण ६ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । सफा तथा भांडोमा जम्मा भएको पानीमा हुर्कने एडीक जातको लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमण विशेष गरी वर्षायाममा फैलिने गर्दछ । तर पछिल्लो समय बाह्रै महिना यसको सङ्क्रमण देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : ३२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७