भारतको कश्मीरमा पर्यटकको आगमनमा वृद्धि « Khabarhub

भारतको कश्मीरमा पर्यटकको आगमनमा वृद्धि


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको कश्मीरमा पर्यटकको आगमन वृद्धि हुन थालेको पाइएको छ । पछिल्ला दुई महिनामा कश्मीरमा ३ हजारभन्दा धेरै विदेशी पर्यटक पुगेका छन् ।

यसबाट पर्यटकीय गन्तव्यका रुपमा कश्मीरको पहिचान थप मजबुत हुँदै गएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार पछिल्लो समय विदेशी पर्यटकहरु गुलमर्ग, पहलगाम, शालिमार, निशात र चश्मे शाहीजस्ता क्षेत्रमा आउन थालेका छन् ।

यस वर्षको पहिलो ६ महिनामा यस क्षेत्रमा १९ हजार ५ सय ७० जना विदेशी पर्यटक पुगेका थिए । सोही अवधिमा कश्मीरमा अरु ९५ लाख आन्तरिक पर्यटक घुमफिरका लागि पुगेका थिए ।

यद्यपि गत अप्रिल २२ का दिन पहलगाममा भएको आतंककारी आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएपछि पर्यटकको आगमन सुस्ताएको थियो । तर, कश्मीरमा विस्तारै पर्यटकहरु आउने क्रम शुरु भएको जनाइएको छ ।

अधिकारीहरुका अनुसार सुदृढ भौतिक पूर्वाधार, दिगो पर्यटन प्रवद्र्धन कार्यक्रमजस्ता कारणले पर्यटकको आगमनमा वृद्धि भएको हो । यस वर्ष चाँडै हिमपात भएमा थप पर्यटकहरु कश्मीर पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ४५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील