धादिङमा सवारी दुर्घटना: एक जनाको मृत्यु, एक घाइते « Khabarhub

धादिङमा सवारी दुर्घटना: एक जनाको मृत्यु, एक घाइते


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको थाक्रे गाउँपालिका–७ स्थित पृथ्वी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

सोमबार (आज) साँझ ६ः३० बजे काठमाडौँबाट धादिङको महादेववेशीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका हुन्।
दुर्घटनापछि बा ७० प १६५१ नम्बरको मोटरसाइकल ना ६ ख ३०१३ नम्बरको ट्रकको अगाडिको दायाँ टायरमुनी पुग्दा मोटरसाइकल चालक धादिङको थाक्रे गाउँपालिका–६ निवासी ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलका चालक गजुरी गाउँपालिका–१ का ३० वर्षीय राजन श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौँ पठाइएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक नन्दराज जैशीको कमाण्डमा ट्राफिकसहित २० जनाको टोली खटिएका छन् भने ट्रक चालक धादिङ बेनिघाट रोराङ–५ का ३५ वर्षीय धनबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि करिब २ सयभन्दा बढी स्थानीय सडकमा उत्रिएर पृथ्वीराज मार्गअवरुद्ध गरेका थिए। घटनाको मुचुल्का कार्य सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गजुरी पठाइएपछि अवरुद्ध राजमार्ग संचालनमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ९ : २१ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि