सिटीको जीतमा अग्युरो नायक, म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा « Khabarhub

सिटीको जीतमा अग्युरो नायक, म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फरवार्ड सजियो अग्युरोको गोलमा म्यानचेस्टर सिटीले वेष्ट हाम युनाइटेडलाई पराजित गरेको छ । इङ्ग्लीस प्रिमियर लिगमा बुधबार राति भएको खेलमा सिटीले वेष्ट हामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै सिटी शीर्ष दोस्रो स्थानमा आफुलाई कायमै राखेको छ । सिटी र लिभरपुलबीच १ अंकको तलमाथि छ । समान २८ खेलल खेलेका लिभरपुलसँग १ अंकको दुरी राखेको सिटीले लिभरपुलको १ अंक खोस्दै शीर्ष स्थानमा उक्लिने लक्ष्य खोजिरहेको छ ।

त्यसैक्रमलाई निरन्तरता दिन सिटीले बुधबार वेष्ट हामलाई परमजित गरेको हो । त्यस्तै, बुधबारै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि रोमेलु लुकाकले २ गोल र आसले योङले एक गोलका गरेका थिए भने क्रिष्टलका जोइल वार्डले एक गोल फर्काएका थिए ।

जीत हासिल गरेको युनाइटेड ५५ अंकसहित ५ औं स्थानमा छ भने पराजित क्रिष्टल प्यालेसको ३० अंक छ । त्यस्तै, आर्सनलले बर्नमाउथमाथि ५-१ गोलको जित हात पार्दै प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ११ : ११ बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला