उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन « Khabarhub

उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख तथा नाममात्रको राष्ट्रप्रमुखका रूपमा दुई दशकभन्दा बढी समयसम्म सेवा गरेका किम योङ नामको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको निधन बहु–अङ्ग विफलताका कारण भएको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जानकारी दिएको छ ।

किमले सन् १९९८ देखि २०१९ सम्म सर्वोच्च जनसभा (सुप्रिम पिपुल्स एसेम्बली) को प्रेसिडियमको अध्यक्षका रूपमा कार्य गरेका थिए । उक्त पदले उनलाई राष्ट्रको औपचारिक प्रमुखको रूपमा प्रतीकात्मक जिम्मेवारी प्रदान गरेको थियो । 

यद्यपि, वास्तविक सत्ता र निर्णय गर्ने अधिकार तत्कालीन नेता किम जोङ इल र पछि उनका छोरा, हालका सर्वोच्च नेता किम जोङ उनको हातमा केन्द्रित रहेको थियो ।

केसिएनएका अनुसार किम जोङ उनले ‘उनको निधनप्रति गहिरो शोक व्यक्त गर्न’ व्यक्तिगत रूपमा श्रद्धाञ्जली अर्पण गरे । 

उनले दरबार भ्रमण गरी शोकाकुल परिवारलाई सान्त्वना दिएको समाचारमा उल्लेख छ । एक सार्वजनिक फोटोग्राफमा किम जोङ उन वरिष्ठ अधिकारीहरूबीच उभिँदै काँचको कफिनभित्र राखिएका किम योङ नामको पार्थिव शरीरअगाडि मौन श्रद्धा व्यक्त गरिरहेको देखिन्छ ।

किम योङ नामले आफ्नो कार्यकालमा उत्तर कोरियाको कूटनीतिक छवि बाह्य रूपमा विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए  । 

विशेषगरी सन् २०१८ मा दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा उनले उत्तर कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए  । उक्त अवसरमा दुई कोरियाबीच दशकौँपछि भएको दुर्लभ प्रत्यक्ष सम्पर्कका रूपमा हेरिएको थियो ।

त्यो ऐतिहासिक कार्यक्रममा दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले व्यापक रूपमा रिपोर्ट गर्दै किम योङ नामले दक्षिण कोरियाली उच्च अधिकारीहरूसँगको बैठकमा सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङलाई अगाडिको सम्माननीय सिट प्रदान गरेकी थिइन्  । रासस

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : ०१ बजे

इरानमाथिको आक्रमण रोक्दै ट्रम्पले भने- ‘ऐतिहासिक सम्झौताको नजिक छौँ’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा

काठमाडौं– नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ)

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड

मेक्सिको सिटी – विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ