विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ « Khabarhub

विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र साह र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितविरुद्ध विवादित अभिव्यक्ति दिइरहेका डा. निकोलश भुसाल गोरखाबाट समातिएका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरेको हो। भुसालले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको भन्दै प्रहरीले निगरानीमा राखेको थियो ।

भुसालले केही दिनअघि काठमाडौंमा भदौ २४ गते सत्ताबाट बाहिरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध अराजक अभिव्यक्ति दिँदै घर जलाउने धम्की दिएका थिए ।

भुसालले शनिबार सम्वाद डबलीमा पत्रकार सम्मेलन गरेरेर भदौ २३ गते जेन-जी आन्दोलनमा दमनमा संलग्न ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्यारा भनेका थिए । यी नेतालाई सरकारले कारबाही नगरेमा आफ्नो समूह उत्रिएर घरमै आक्रमण गर्ने धम्की उनले दिएका थिए ।

सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही नगरेको भन्दै काठमाडौं महानगरका मेयर साहले जस्तै भुसाल पनि यो सरकारमाथि खनिएका छन् । भुसालले प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भनेर आपत्तिजनक टिप्पणी गरेका थिए ।

भुसालले २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि नेपाल प्रहरी अस्पतालमा स्वास्थ्य जाँच गर्दा गाँजा खाएको मेडिकल रिपोर्ट आएपछि पुर्स्थापना केन्द्रमा लैजान भनिएको थियो ।

भुसालले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका बेला समातिएका हुन् । उनी दलहरूसँग सरकारले छलफल गरेकोमा पनि आक्रोशत थिए । उनले फागुन २१ गते प्रत्यक्ष कार्यकारी प्रमुख चुनाव गर्नुपर्ने बताइरहेका छन् ।

उनले दुई दिनअघि सरकारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिन भनेका थिए । तर उनै माइतीघरमा आएनन् । यही शनिबार दिएको आपत्तिजनक अभिव्यक्तिका कारण उनी समातिएका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : १६ बजे

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस