‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाहक बनेर आएको छ : माधव नेपाल « Khabarhub

‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाहक बनेर आएको छ : माधव नेपाल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरी सच्च्याउँदै कम्युनिस्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नवघोषित पार्टीका सह-संयोजक नेपालले जनतामा विश्वास दिलाउन विगतका कमी-कमजोरी सच्याउँदै कम्युनिस्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको स्वरुप नभएको भन्दै परिवर्तनको सम्वाहक बनेर जनताको मनमा बस्नेगरि अघि बढ्नुपर्ने बताए।।

उनले परिवर्तनका शक्तिहरूसँग सहकार्य वा मोर्चा बनाएर संविधान र गणतन्त्रको रक्षाका लागि हातेमालो गर्न पहल गरिने उल्लेख गरे ।

बन्देज, आग्रह र पूर्वाग्रह नराखी सबैलाई समेट्नेगरी गोलबद्ध गरेर अघि बढ्न चाहेको भन्दै उनले देशविरोधी, संविधानविरोधीसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे । जेन-जी युवाहरूको मुद्दालाई पनि आफूहरूले प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए ।

सह-संयोजक नेपालले नवयुवा जेन-जीका मुद्दालाई समेत साथमा लिएर जाने बताए । नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको मूल कम्युनिस्ट पार्टी बनाइने पनि उनले जिकिर गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ३१ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी