‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाहक बनेर आएको छ : माधव नेपाल « Khabarhub

‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाहक बनेर आएको छ : माधव नेपाल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरी सच्च्याउँदै कम्युनिस्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नवघोषित पार्टीका सह-संयोजक नेपालले जनतामा विश्वास दिलाउन विगतका कमी-कमजोरी सच्याउँदै कम्युनिस्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको स्वरुप नभएको भन्दै परिवर्तनको सम्वाहक बनेर जनताको मनमा बस्नेगरि अघि बढ्नुपर्ने बताए।।

उनले परिवर्तनका शक्तिहरूसँग सहकार्य वा मोर्चा बनाएर संविधान र गणतन्त्रको रक्षाका लागि हातेमालो गर्न पहल गरिने उल्लेख गरे ।

बन्देज, आग्रह र पूर्वाग्रह नराखी सबैलाई समेट्नेगरी गोलबद्ध गरेर अघि बढ्न चाहेको भन्दै उनले देशविरोधी, संविधानविरोधीसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे । जेन-जी युवाहरूको मुद्दालाई पनि आफूहरूले प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए ।

सह-संयोजक नेपालले नवयुवा जेन-जीका मुद्दालाई समेत साथमा लिएर जाने बताए । नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको मूल कम्युनिस्ट पार्टी बनाइने पनि उनले जिकिर गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ३१ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट