एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ « Khabarhub

एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरीलाई सच्चाउँदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नवघोषित पार्टीका सहसंयोजक नेपालले जनतामा विश्वास दिलाउनका लागि विगतका कमीकमजोरीलाई सच्चाउँदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको स्वरूप नभएको भन्दै उनले परिवर्तनको संवाहक बनेर जनताको मनमा बस्नेगरि अघि बढ्नुपर्ने बताए । 

उनले परिवर्तनका शक्तिहरूसँग सहकार्य वा मोर्चा बनाएर संविधान र गणतन्त्रको रक्षा गर्नका लागि हातेमालो गर्न पहल गरिने उल्लेख गरे  ।

बन्देज, आग्रह र पूर्वाग्रह नराखी सबैलाई समेट्ने गरी गोलबद्ध गरेर अघि बढ्न चाहेको भन्दै उनले देश विरोधी, संविधान विरोधीसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे । जेन-जी युवाहरूको मुद्दालाई पनि आफूहरूले प्राथमिकतामा राखेर अघि बढाउने उनको भनाइ छ ।

सहसंयोजक नेपालले नवयुवा जेन-जीका मुद्दालाई समेतसँगै लिएर जाने बताए  । नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको मूल कम्युनिष्ट पाटी बनाइने जिकिर गरे  । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ३१ बजे

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

चितवन– केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं– यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने