हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ « Khabarhub

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा आधारित बनाउने खाका देखाउँदै सदस्यको संख्या एक करोड पुर्‍याउन सकिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एकता घोषणा सभामा सम्बोधन गर्दै उनले पार्टी र कार्यकर्ताले पुँजीपतिसँग चन्दा नमागी आफ्नै श्रमबाट जीविका चलाउने प्रणाली लागु गर्नु आवश्यक रहेको बताए ।

यदि पार्टीले श्रम र उत्पादनमा आधारित संरचना निर्माण गर्न सके जनताको विश्वास हासिल गर्न र संगठनलाई बलियो बनाउन सकिने उनले बताए ।

गौतमले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माण गर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै नेतृत्वप्रति असन्तुष्टि पोखे ।

‘संविधान जारी भएको यतिका वर्ष भयो, हामीले पटक–पटक सरकार चलायौँ, तर समाजवाद निर्माणको दिशामा किन अघि बढेनौँ?’, उनले भने, ‘संविधानमा लेखेको कुरा लागू नगर्ने अनि नलेखिएको समाजवादी क्रान्तिको कुरा गर्ने प्रवृत्तिले अस्थिरता निम्त्याएको हो ।’

उनले अहिलेको आर्थिक मोडललाई पुरानो र अव्यवहारिक भएकाले पुनर्संरचनामा जानुपर्ने बताए ।

‘अब हाम्रो पार्टीले उत्पादनमा आधारित जीवनशैली सुरु गर्नुपर्छ। हरेक नेता र कार्यकर्ताले कुनै न कुनै उत्पादन क्षेत्रमा संलग्न भएर महिनामा सात दिन वा वर्षमा एक महिना श्रम गर्नुपर्छ। त्यसको ज्यालाबाट आफ्नो परिवारको खर्च चलाउनुपर्छ,’ उनले भने।

यस्तो अभ्यासले पार्टीको आर्थिक आत्मनिर्भरता र जनसंगठन विस्तारमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास उनले जनाए । गौतमले १० दल मिलेर बनेको एकीकृत पार्टीको सदस्य संख्या १ करोड पुर्‍याउन सकिने पनि उल्लेख गरे ।

‘अहिले हाम्रो पार्टीका १०–१२ लाख सदस्य छन्,’ उनले भने, ‘यदि हामी जनतामा गएर उत्पादन र श्रममा आधारित पार्टी बनाए ६ महिनामा २० लाख, एक वर्षमा ५० लाख र अन्तिममा एक करोड सदस्य पुर्‍याउन सकिन्छ।’

गौतमले पार्टीका आर्थिक स्रोत जनता, सदस्य र आफ्नै श्रम हुनुपर्ने उल्लेख गरे । देशभरका ७५३ स्थानीय तहमा बजार विकास र प्रत्येक वडामा उत्पादन समूह गठन गर्ने योजना पनि उनले सुनाए ।

गौतमले देशमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न सुझाए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ०२ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको