विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह « Khabarhub

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर सुरक्षित पदयात्रा जाने व्यवस्था गर्नुपर्ने बताएको छ ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गरी विदेशी पर्यटकको हकमा अनिवार्य रुपमा टिम्स कार्ड लिएर मात्र सुरक्षित पदयात्रामा जाने व्यवस्था गर्न र नेपाली पदयात्रीको हकमा पदयात्रासम्बन्धी यथेष्ट जानकारी लिई तयारीसहित पदयात्रामा जाने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन् ।

टानले पदयात्री तथा पदयात्रामा खटिने श्रमिकको सुरक्षाका लागि सुरु गरिएको टिम्सको पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा पदयात्रामा जाने विदेशी पर्यटक तथा सहयोगी सदस्यको गन्तव्य तथा लोकेशनको पहिचान गर्न र आवश्यक खोजी तथा उद्धार गर्न नसकिएको बताएको छ ।

टानका अध्यक्ष सागर पाण्डेले विना पूर्वतयारी र विना पथप्रदर्शक पदयात्रामा जाने प्रवृत्तिका कारण स्वदेशी पदयात्रीले समेत विपद् तथा लेक लाग्ने समस्याका कारण ज्यान गुमाउने क्रम बढ्दै गएको बताए।

टानले पर्यटकको एकीकृत तथ्यांकको अभाव, समय सापेक्ष प्रविधिको प्रयोगमा संकुचनता, विपद् न्यूनिकरणका पूर्ण तयारीको अभाव, तत्काल खोज तथा उद्धारका लागि स्रोत र साधनको अभाव आदिका कारण विपद्का समयमा खेल्नुपर्ने भूमिका अपेक्षाकृत रुपमा खेल्न नसकिएको बताएको छ ।

टानले अस्वभाविक भारी वर्षा तथा अस्वभाविक भारी वर्षा तथा हिमपातका कारण मनास्लु क्षेत्र, रोल्वालिङ क्षेत्रलगायतका पर्यटकीय गन्तव्यमा पिक आरोहण तथा पदयात्राका क्रममा ज्यान गुमाउने आरोही, पदयात्रीहरू तथा पथपर्दशकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै  बेपत्ता भईरहेका सम्पूर्ण पर्यटक, पथप्रदर्शक तथा सहयोगीको शीघ्र पहिचान, उद्धार एवम् सकुशल घर फिर्तीको कामना समेत गरेको छ ।  साथै, खराब मौसमका कारण सृजित बिपका कारण घाईते भएका सम्पूर्णप्रति शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 
 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ५ : २९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान