शिशुको आँखा परीक्षणका लागि तिलगंगाको सप्ताहव्यापी कार्यक्रम « Khabarhub

शिशुको आँखा परीक्षणका लागि तिलगंगाको सप्ताहव्यापी कार्यक्रम


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समय अघिनै जन्मिएका नवजात शिशु दिवसका अवसरमा आँखाको स्वास्थ्यबारे जनचेतना बढाउने उद्देश्यसहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

मधुमेह र समयपूर्व जन्मिएका शिशुमा देखिने आँखासम्बन्धी समस्या दुई महत्वपूर्ण चुनौती भएकाले समयमै पहिचान, परीक्षण र उपचार अत्यावश्यक रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार विश्वमा हरेक ९ जनामध्ये एक जनामा मधुमेह देखिने गरेको र त्यसबाट डायबेटिक रेटिनोप्याथीको जोखिम बढ्ने भएकाले मधुमेह भएका व्यक्तिहरूले नियमित आँखाको परीक्षण गर्नुपर्ने बताइएको छ । 

यस सन्दर्भमा सचेतनामूलक अडियो–भिडियो निर्माण, सञ्चारमाध्यमसँग सहकार्य, कात्तिक २२ गते प्रतिष्ठानबाट निस्कने र्‍याली, निःशुल्क आँखापरीक्षण, शैक्षिक कार्यक्रम, अन्तर्क्रिया तथा कात्तिक २९ गते योग–जुम्बा आयोजनासहितका गतिविधि सञ्चालन हुनेछन् ।

 यस्तै, नोभेम्बर १७ मा मनाइने विश्व समयअघिनै जन्मिएका नवजात शिशु दिवसको अवसरमा तिलगंगाले समयपूर्व जन्मिएका शिशुमा देखिनसक्ने ‘रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी’ का कारण दृष्टिविहीनता हुन नदिन २८ दिनभित्र परीक्षण आवश्यक भएको जानकारी दिएको छ । 

देशभरका नवजात शिशु उपचार केन्द्र तथा बाल चिकित्सकसँग सहकार्य गर्दै अन्धोपनको जोखिम कम गर्ने उदेश्यसहित स्क्रिनिङ र उपचार गराइँदै आएको संस्थाले जनाएको छ । प्रतिष्ठानले नियमित परीक्षण, सन्तुलित आहार, व्यायामजस्ता स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रणमा मद्दत गर्ने तथा समयमै उपचारले जीवनभरको दृष्टि गुम्नबाट बचाउन सकिने बताएको छ । 

साथै, आर्थिक रूपले कमजोर तथा उपचार पहुँच नभएकालाई सहुलियत सेवासमेत दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १२ : १९ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध