छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू) « Khabarhub

छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू)


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनः निर्माण गरिएको छ ।

पुनः निर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरे ।

मन्दिरको उद्घाटन पनि महानगर प्रमुख बालेन्द्र शाह कार्यक्रमबाट बाहिरिएका थिए भने उपप्रमुख डंगोलले छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिर पुनः निर्माण हुन ऐतिहासिक कार्य भएको बताइन् । डंगोलले सम्पदा संरक्षणमा महानगरले प्रमुखताका साथ काम गरिरहेको उल्लेख गरिन् ।

महानगरबाट हराएका मूर्त तथा अमूर्त सम्पदाहरूलाई पुनर्स्थापन पर्ने काम गरिरहेको र अन्य देशमा रहेका नेपालका मूर्तिहरूलाई स्वदेश फर्काउन पनि पहल गरिरहेको उनले बताइन् । 

काठमाडौं महानगर वडा ८ का वडाअध्यक्ष आशामान संगतले दुई तल्ला रहेको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको जानकारी दिए ।

उक्त ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुनः निर्माणका लागि शिलान्यास गरिएको थियो । हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको हो । 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १ : ४७ बजे

खेलकुदमन्त्रीले भने- एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको छ

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ

बाढीमा बेपत्ता चार जनाको कुशको शव बनाएर दाहसंस्कार

पाल्पा– भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ ।