३० बिघा जग्गामा गरिएको गाँजा फँडानी « Khabarhub

३० बिघा जग्गामा गरिएको गाँजा फँडानी


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बागमती– प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको गाँजाखेती फँडानी गरेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको उत्तरी भेगमा पर्ने राक्सिराङ गाउँपालिकाको चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिकाको भदौरे ज्यार्बुलगायतका स्थानमा स्थानीयहरूले अवैध रूपमा गरेको गाँजाखेती फँडानी गरेको हो ।

स्थानीयले अवैध रूपमा गाँजाखेती गरेको गोप्य सूचनाका आधारमा यही कात्तिक १७ देखि २० गतेसम्म खटिएको संयुक्त टोलीले ३० बिगाहा १० कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

गाँजाखेती भएको अन्य स्थानमा पनि अभियान सञ्चालन गरिने उनले बताए । मकवानपुरको पहाडी भेगमा बर्सेनि गाँजाखेती हुँदै आएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ११ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी