कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छ : नेता शाही « Khabarhub

कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छ : नेता शाही


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही ठकुरीले कांंग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहमतिमा समयमै हुनुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका दुई मिति प्रस्ताव भएको सन्दर्भमा नेता शाहीले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षले सहमति गरी सबैलाई मान्य हुनेगरी महाधिवेशन गर्न आग्रह गरेका हुन् । 

उनले भने, ‘पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने मितिका सम्बन्धमा पार्टीमा अहिले दुई धार देखिएको छ, दुई पक्ष बसेर सहमतिका साथ सबैलाई मान्य हुनेगरी मिति प्रस्ताव गर्दा उपयुक्त हुन्छ ।’

जेन-जी आन्दोलनको भावनाअनुसार कांग्रेस पार्टी पनि अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै नेता शाहीले कांग्रेसको आगामी महाधिवेशनमा युवाको प्रतिनिधित्व बढाउन सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गरे ।

यही कात्तिक १८ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनसम्बन्धी छुट्टाछुट्टै दुई  तालिकासहितका व्यक्तिगत प्रस्ताव प्रस्तुत गरेका थिए । महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने महाधिवेशनका सन्दर्भमा साझा कार्यतालिका प्रस्तुत गर्नेगरी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : १७ बजे

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व

प्रतिनिधिसभा : ‘तराई-मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले