‘धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गर्‍यौँ’ « Khabarhub

‘धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गर्‍यौँ’


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर) बाट सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ कार्यको औपचारिक शुभारम्भ गरेका छन् ।

आज एक समारोहबीच काभ्रेपलाञ्चोकको बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा प्रिन्टिङ प्रेसको बटन थिचेर सञ्चारमन्त्री खरेलले लाइसेन्स छपाइको शुभारम्भ गरेका हुन् ।

सञ्चारमन्त्री खरेलले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र छपाइ कार्य स्वदेशमै प्रारम्भ हुनु राष्ट्रिय आत्मनिर्भरताको लागि एक महत्वपूर्ण उपलब्धि भएको बताउँदै यस कार्यले आमसेवाग्राहीले भोगेको सास्तीलाई अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, “विभिन्न कानुनी र प्राविधिक जटिलताका बाबजुद संवेदनशील कागजातको रूपमा रहेको लाइसेन्स छपाई स्वदेशमै सुरु गर्नु सरकारको ठूलो सफलता हो । यसले राष्ट्रिय तथ्याङ्कको सुरक्षा मात्र गर्दैन, छपाईका नाममा बाहिरिने अरबौंको विदेशी मुद्रासमेत बचत गर्नेछ ।”

सञ्चारमन्त्री खरेलले सुरक्षण मुद्रण केन्द्रबाट धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गरिएको बताए । उनले भने, “वर्षौँदेखि धुलाम्मे अवस्थामा थन्किएका मेसिन र उपकरणहरूको धुलो टक्टक्याएर छपाइ सुरु गरिएको छ । तीन वर्षदेखि मेसिन उपयोगविहीन थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहर जस्तो भएको थियो । हामीले धुलो टकटक्याएर छपाइ सुरु गरेका हौँ ।”

मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बावजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको उल्लेख गरे । उनका अनुसार २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको र चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा लाइसेन्स छपाइ सुरु गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने सरकारको उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ५४ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको