‘धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गर्‍यौँ’ « Khabarhub

‘धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गर्‍यौँ’


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर) बाट सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ कार्यको औपचारिक शुभारम्भ गरेका छन् ।

आज एक समारोहबीच काभ्रेपलाञ्चोकको बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा प्रिन्टिङ प्रेसको बटन थिचेर सञ्चारमन्त्री खरेलले लाइसेन्स छपाइको शुभारम्भ गरेका हुन् ।

सञ्चारमन्त्री खरेलले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र छपाइ कार्य स्वदेशमै प्रारम्भ हुनु राष्ट्रिय आत्मनिर्भरताको लागि एक महत्वपूर्ण उपलब्धि भएको बताउँदै यस कार्यले आमसेवाग्राहीले भोगेको सास्तीलाई अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, “विभिन्न कानुनी र प्राविधिक जटिलताका बाबजुद संवेदनशील कागजातको रूपमा रहेको लाइसेन्स छपाई स्वदेशमै सुरु गर्नु सरकारको ठूलो सफलता हो । यसले राष्ट्रिय तथ्याङ्कको सुरक्षा मात्र गर्दैन, छपाईका नाममा बाहिरिने अरबौंको विदेशी मुद्रासमेत बचत गर्नेछ ।”

सञ्चारमन्त्री खरेलले सुरक्षण मुद्रण केन्द्रबाट धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गरिएको बताए । उनले भने, “वर्षौँदेखि धुलाम्मे अवस्थामा थन्किएका मेसिन र उपकरणहरूको धुलो टक्टक्याएर छपाइ सुरु गरिएको छ । तीन वर्षदेखि मेसिन उपयोगविहीन थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहर जस्तो भएको थियो । हामीले धुलो टकटक्याएर छपाइ सुरु गरेका हौँ ।”

मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बावजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको उल्लेख गरे । उनका अनुसार २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको र चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा लाइसेन्स छपाइ सुरु गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने सरकारको उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ५४ बजे

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा