नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन « Khabarhub

नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई देश र नागरिकको सेवा र सुरक्षामा समर्पित रहने निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालमा सञ्चालिन सिसं १७ (क) आधारभूत तालिमको दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सो कुरा बताए । उनले जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको सानो गल्तीले व्यक्तिगतमात्र नभई सङ्गठनको छविमा समेत आँच आउने हुँदा हरेक कदममा अनुशासित, विवेकपूर्ण, संयमता र जिम्मेवार भई अघि बढ्नसमेत निर्देशन दिएका छन् ।

दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरूलाई हार्दिक बधाई दिँदे विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत हुने प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिनुका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।

उनले सीमित स्रोत साधनका बाबजुद अहोरात्र खटिई नागरिक जीवनमा रहेकाहरूलाई समर्पित राष्ट्रसेवक बनाउन अथक प्रयास र मेहेनतको मुक्तकण्ठले प्रशिक्षक वर्गको प्रशंसा गर्दै आफ्ना सन्ततिहरूलाई राष्ट्र सेवाको उच्च मार्गमा पुर्याउने सम्पूर्ण अभिभावकप्रति हार्दिक आभार प्रकट गरे ।

महानिरीक्षक अर्यालले आधारभूत तालिमले सम्पूर्ण प्रशिक्षार्थीहरूलाई इमान्दार, कर्तव्यनिष्ठ र सक्षम जुनियर अधिकृतका रूपमा निर्माण गरेको र तालिम दौरानमा सिकेका कुराहरूलाई कार्यक्षेत्रमा सही तरिकाले सदुपयोग गर्नुपर्ने बताए।

उनले आधारभूत तालिम समापन गरी कार्यक्षेत्र प्रवेश गर्न लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई पेसागत जीवनको पहिलो खुट्किलो पार गरी राष्ट्र सेवामा प्रवेश गरेको बताउँदै कार्यक्षेत्रमा आइपर्ने चुनौतीहरूलाई सामना गर्न लिएको प्रत्येक कार्य, निर्णय र व्यवहारले व्यक्तिगत छविसँगै सङ्गठनको प्रतिष्ठाको समेत प्रतिनिधित्व गर्ने बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ९ : ४५ बजे

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको