लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु « Khabarhub

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा८च ३७३१ नम्बरको बोलेरो जिप गए राति मर्स्याङ्दी गाउँपालिका– ३ खुदिबाट सोही पालिकाको वडा नम्बर ६ नाइचेमा दुर्घटना हुँदा जिप चालक दोलखा मेलुङ– ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएका उनीहरूको प्रहरीले उद्धार गरेर अस्पताल लगेको थियो ।

घाइतेलाई बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारको लागि लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका– ४ का  २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : ४७ बजे

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै