मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै « Khabarhub

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ मधेस प्रदेशसभा बैठक बोलाइएको छ ।

मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

१०७ सदस्यीय प्रदेश सभामा तीनजना निलम्बनमा रहेकाले हाल १०४ जना सदस्य कायम छन् । विश्वासको मत प्राप्त गर्नका लागि ५३ सांसदको समर्थन आवश्यक पर्दछ । सोनल मुख्यमन्त्री बन्दा ५ दलका ५६ प्रदेशसभा सदस्यहरूको समर्थन रहेकाले उनले आज विश्वासको मत पाउने निश्चितजस्तै छ ।

सोनल नेतृत्वको सत्तारुढ गठबन्धनमा जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसद रहेका छन् । प्रदेशसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले विपक्षमा छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १० : १८ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति