मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै « Khabarhub

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ मधेस प्रदेशसभा बैठक बोलाइएको छ ।

मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

१०७ सदस्यीय प्रदेश सभामा तीनजना निलम्बनमा रहेकाले हाल १०४ जना सदस्य कायम छन् । विश्वासको मत प्राप्त गर्नका लागि ५३ सांसदको समर्थन आवश्यक पर्दछ । सोनल मुख्यमन्त्री बन्दा ५ दलका ५६ प्रदेशसभा सदस्यहरूको समर्थन रहेकाले उनले आज विश्वासको मत पाउने निश्चितजस्तै छ ।

सोनल नेतृत्वको सत्तारुढ गठबन्धनमा जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसद रहेका छन् । प्रदेशसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले विपक्षमा छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १० : १८ बजे

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक