चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल « Khabarhub

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार बेलुका देखिएको प्राविधिक समस्या समाधान भएपछि विमानस्थल पुनः सञ्चालनमा आएको हो ।

विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ बिग्रिएपछि चार घण्टासम्म उडान र अवतरण रोकिएका थिए। अहिले मर्मत पूरा भएसँगै विमानस्थल खुलेको विमानस्थलका प्रवक्ता रिन्जी श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार समस्या समाधान भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान क्रमशः सुचारु भइरहेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ९ : ५४ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा