सहमति कार्यान्वयन गर्न ऊर्जालाई प्रधानमन्त्री कार्यालयको निर्देशन « Khabarhub

सहमति कार्यान्वयन गर्न ऊर्जालाई प्रधानमन्त्री कार्यालयको निर्देशन


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो कार्यान्वयन गर्न निर्देशन दिएको छ। ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री सुशीला कार्की र ऊर्जामन्त्री कुलमान घिसिङसँग मध्यमार्गी प्रस्ताव राखेका थिए। २८ किस्ताको एक किस्ता ‘धरौटी’का रूपमा बुझाउने र पुनरवलोकनका लागि जाने तथा उद्योगमा लाइन जोड्ने सहमति भएको थियो। तर, धरौटी तिर्न आएका उद्योगीलाई प्राधिकरणले किस्ता नै भनेको र धरौटी नचिन्ने बताएपछि ११ उद्योगमा अझै लाइन जोडिएको छैन। उक्त प्रस्तावमा ऊर्जा मन्त्रालयले प्राधिकरणलाई कुनै पत्र नपठाएपछि प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएको हो।

पत्रमा भनिएको छ, ‘उद्योगी व्यवसायीहरूले डेडिकेटेड ट्रान्समिसन लाइनको महत्त्वपूर्ण शुल्कसम्बन्धी गुनासोहरू उठाएको सम्बन्धमा २०८२ कात्तिक १९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलका निष्कर्षअनुसार आवश्यक सहजीकरणका लागि अनुरोध गरिएको छ।’

यस विषयमा नेपाल विद्युत् प्राधिकरण, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघलगायत सम्बन्धित निकायबीच समन्वय गरी समस्या समाधानको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ०२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक